जिल्ला निर्वाचन कार्यालय सप्तरीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मी ।

२५ जेठ, दिलिप साह राजविराज । स्थानीय तहको दोश्रो चरणको चुनाब आगामी असार १४ गतेलाई दृष्टिगत गरी सप्तरीको सुरक्षा व्यवस्थालाई कडा पारेको छ । नगर सहित सप्तरीको विभिन्न चौक तथा बजारहरुमा प्रहरी तथा म्यादी प्रहरीलाई २४ औं घण्टा खटाइएको छ । निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना वा दुर्घटना हुन नदिन प्रहरी तयारी अवस्थामा रहेको सप्तरीका प्रहरी उपरिक्षक अनुराग द्विवेदीले जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षाका लागि प्रहरीले २४ औं घण्टा चेकजाँच गरिरहेको जानकारी दिँदै उहाँले थप प्रहरी मोबाइल गस्ती समेत परिचालन गरिएको जानकारी गराउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप प्रहरी जनशक्ति परिचालन गरिएको बताएको छ ।
प्रत्येक मतदान स्थलको निरीक्षण र अनुगमन गरेर आवश्यकता अनुसार थप प्रहरी परिचालन गरिने भन्दै प्रहरी उपरिक्षक द्विवेदीले जिल्लाको अति संवेदनशिल मतदान केन्द्रमा ५ प्रहरी ९ म्यादी प्रहरी तथा संवेदनशिल मतदान केन्द्र ४ प्रहरी ६ म्यादी प्रहरी खटाइने बताउनुभयो ।

मतदान केन्द्र संख्या बढ्दै गएको अवस्थामा एक एक प्रहरी र म्यादी बढाउन सकिने समेत बताउनुभयो । जिल्लामा २ सय ९२ मतदान स्थल तोकिएको छ । जसमध्ये २०६ मतदान स्थलका ४६१ मतदान केन्द्र अति संवेदनशिल र ८६ मतदान स्थलका ३२६ मतदान केन्द्र संवेदनशिल रहेका छन् । यता सुरक्षा व्यवस्था कडा पारेपछि जेठ महिना भित्रै तीन जनालाई हतियार सहित पक्राउ आवश्यक अनुसन्धान थालिएको छ ।

तपाईको प्रतिक्रिया