२५ जेठ, दिलिप साह राजविराज । स्थानीय तह तिथि नजिकिदै जाँदा दलहरुको सक्रियतासँगै सम्भावित उम्मेदवारको चर्चा परिचर्चा हुन थालेको छ । नयाँ शक्तिले सप्तरीमा पार्टीका तर्फबाट आफ्ना दाबेदारको नाम सार्वजनिक गरेका छन् । पार्टीका तर्फबाट सुरुङ्गा नगरपालिकामा केन्द्रीय कार्यकारी सदस्य तथा महिला नेतृ लक्ष्मी चौधरी, खड्क नगरपालिकाको मेयरमा पूर्व–सभासद स्वर्गीय सदरूल मियाँको भाइ अबुल हुसेनको नाम चर्चामा छन् ।

यसैगरी उप–मेयरमा ममता चौधरी र रितादेवी चौधरीले दाबेदारी गरेका छन् । शम्भुनाथ नगरपालिकामा भगीरथप्रसाद साह, राजविराज नगरपालिकाको मेयरमा डम्बरनारायण साह, उपमेयरमा शोभा देवको नाम अघि सारेका छन् । त्यस्तै डाक्नेश्वरी नगरपालिका मेयरमा कनकलाल साह, उपमेयरमा गीतादेवी यादव, कंकालिनी हनुमाननगर नगरपालिकाको मेयरमा सरिता यादव, बोदे वर्साइन नगरपालिकामा रामकुमार चौधरी र निर्मल साहको नाम सारेको छ ।

यस्तै रूपनी गाउँपालिकाको प्रमुखमा कमला गौतम साह, उप–प्रमुखमा तेजनारायण यादव, कृष्णा सौवरण गाउँपालिका प्रमुखमा नबुद खलिफा, उप–प्रमुखमा मन्जु चौधरी, शम्भुदेवी खङ्ग र श्रीकुमारी चौधरीको नाम दाबेदारको रुपमा छन् । छिन्नमस्ता गाउँपालिका प्रमुखमा सूर्यनारायण मण्डल ‘कुरुड’, उप–प्रमुखमा प्रमिलादेवी साह, बिष्णुपुर गाउँपालिका प्रमुखमा गुलाब देव, वेल्हीचपेना गाउँपालिका प्रमुखमा धनेश्वरीदेवी साह दावेदारमा छिन् । सप्तरीमा नौ नगरपालिका आठ गाउँपालिका गरी १७ स्थानीय तह छन् ।

तपाईको प्रतिक्रिया