राजविराज नगरको अदालत अगाडी बेच्न लागि राखिएको विभिन्न जातको रुखविरुवाको विऊ खरिद गर्दै कृषकहरु ।

२५ जेठ, दिलिप साह राजविराज । वन जंगल सखाप भईरहँदा हरियालीका लागि नीजि विरुवा लगाउने तर्फ सर्वसाधारणहरुको आकर्षण बढेको छ । विभिन्न जातको विरुवा लगाउनका लागि सर्वसाधारणको आकर्षण बढेपछि रुखविरुवाको बिऊको बिक्री बढेको छ ।
जथाभावी रुपले रुख विरुवा कटान हुन थालेपछि मौसममा प्रतिकूल प्रभाव परिरहेको कारण विरुवा लगाउने कृषकहरुको संख्या बढ्दै गएको हो । राजविराज नगरको अदालत रोडमा बिक्रीको लागि राखिएको विभिन्न जातको रुखविरुवा खरिद गर्ने कृषकसहित सर्वासाधारणको भीडभाड लाग्ने गरेको छ । राजविराज स्थित शाहजाद नर्सरीले उत्पादन गरेको आँप, लिची, सफेद, शनि, कटहर, बबुर, अनार, बडहर लगायत जातका विरुवा खरिद गर्न कृषकहरुको घुइँचो लागने गरेको छ ।

एक दशक भन्दा बढी समयदेखि सो नर्सरीले विभिन्न जातका विरुवाको बिऊ उत्पादन गर्दै आएको नर्सरीका प्रोपाइटर सहजादले जानकारी दिनुभयो । आँप, लिची प्रति विरुवा बिऊ रु.१५०, कटहर रु.१२५, सफेद रु.१५, अनार रु. १०० मा बिक्री गरिहेको जानकारी दिदै उहाँले भन्नुभयो, धेरैले नर्सरीबाट नै किन्ने गरेको पनि छ । नर्सरी भएको स्थानबारे धेरैलाई थाहा नभएको र विरुवाको बिऊ हेरेपछि किनुहाल्नु मन लाग्ने गरेको कारण सडक पेटीमा विरुवा विऊ बेच्न थालेको भन्दै उहाँले यसको बिक्रीबाट वार्षिक रु.चार÷पाँच लाख आम्दानी हुने गरेको बताउनुभयो ।

जेठ लागेपछि विरुवा लगाउने सिजन सुरु भई कात्तिक सम्म विरुवा लगाउने गरिन्छ जानकारी दिदै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी दिनेशकुमार यादवले जेठ र असार महिना विरुवा लगाउने अति उपयुक्त सिजन हो । यस महिनामा लगाउने विरुवा हतपत नमरिने र सप्रेर राम्रो फल दिने गरेको हुदाँ जेठ र असारमा विरुवाको बिक्री अत्यधिक हुने गरिएको उहाँले बताउनुभयो । नीजि स्तरमा खेतवारीमा दुई÷चार विरुवा लगाउन विरुवाको बिऊ खरिद गर्न लागेको कृषक गुलाब चौधरीले बताउनुभयो ।

मौसममा पर्ने प्रतिकूल असरबाट जोगाउनुको साथै फलफूल, हाराभरा दिनु् एवं पानीको रिचार्ज हुने हुँदा खडेरी नहुने तथा काठ दाउराको रुपमा प्रयोग गरिन रुखविरुवा लगाउन आकर्षण बढेको हो । वन जंगल सखाप भइ चुरे भावर सुक्न थालेको कारण तराईमा अत्यधिक गर्मी बढेको छ ।

तपाईको प्रतिक्रिया