इनरुवा जेठ २६/दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा मूख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेको छ । सुनसरीमा आजबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतकालागि दुई दिने प्रशिक्षण दिन थालिएको छ ।


४ सय ८५ निर्वाचन अधिकृत र सोही संख्याका सहायक निर्वाचन अधिकृतलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयले दुई चरणमा प्रशिक्षण दिने छ । पहिलो चरण अन्र्तगत आजबाट शैक्षिक तालिम केन्द्रमा प्रशिक्षण थालिएको छ । कार्यक्रम उद्घाटन सत्रमा मूख्य निर्वाचन अधिकृत अर्जुन कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, जिल्ला निर्वाचन कार्यालय प्रमुख जानकी कर्ण, सुरक्षा निकाय प्रमुख सहित मतदान अधिकृतहरुको उपस्थिती रहेको थियो । दुई दिन सम्म चल्ने तालिममा सहभागिहरुलाई मतदान प्रकृया अवधीभर अपनाइनुपर्ने विधी, तयारी, सावधानी र तोकिएको जिम्मेवारी वहन लगायतका विषयमा जानकारी गराइने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया