इनरुवा जेठ २६ /उम्मेदवार छनौट प्रति असन्तुष्ट कार्यकर्ताहरुले नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा तालाबन्दी गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको मेयरमा बलियो जनाधार भएका व्यक्तिलाई पाखा लगाइएको भन्दै उनिहरुले पार्टी नेतृत्वप्रति रोष प्रकट गरेका हुन् ।


नाराबाजी सहित इनरुवा पुगेका हेमकर्ण पौडेल समर्थक काँग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय परिषर नाराबाजी गरेका थिए । रोहित प्रसाईलाई मेयरको उम्मेदवार बनाइएको भन्दै हेकमर्ण पौडेल समर्थकहरुले पार्टी कार्यालय पुगेर ताला समेत लगाएका छन् । कार्यकर्ताहरुले पार्टी सभापति राजिब कोइरालालाई भेटेर निर्णय नसच्याइए मत बहिष्कार गर्ने चेतावनी समेत दिए । सभापति कोइरालाले केन्द्रबाट जारी आधिकारिक नामावली जिल्लाले प्राप्त भैनसकेको प्रतिकृया दिँदै आफु र आफ्नो पार्टी जनाधार भएको उम्मेदवारको पक्षमा उभिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया