२६ जेठ, विराटनगर। नेपाली काँग्रेसबाट मोरङमा स्थानीयतहको निर्वाचनमा उठ्ने उम्मेदावरको टुंगो आज लाग्ने भएको छ । प्रारम्भिक चरणको छलफल विराटनगर मै गरेर मोरङका स्थानीय निकायमा उठ्ने उम्मेदवारको टुंगो लगाउन काँग्रेस जिल्ला सभापति फायल बोकेर काठमाडौतर्फ लाग्नु भएको छ ।

आज साँझसम्म राजधानीमा बस्ने केन्द्रीय तथा क्षेत्रिय स्तरका नेताले उम्मेदवारको टुंगो लगाउनु हुने बताइएको छ । मोरङ काँग्रेसमा आकांक्षीको धेरै भींड भएपछि पार्टीलाई जिल्ला तहबाटै टुंगोमा पुग्ननिक्कै सकस परेको थियो । केन्द्रीय नेतासमेत काठमाडौमै भएकोले क्षेत्रगत प्रतिनिधित्व हुने गरी उम्मेदवार छान्न सभापति लिम्बू काठमाडौ लाग्नु भएको जिल्ला सचिव मोदराज घमिरेले बताउनु भयो । क्षेत्रीय सभापति,पराजित सांसद, क्षेत्रीय प्रतिनिधित्व गर्ने सांसद समेतको उपस्थितिमा उम्मेदवार चयन गरिने काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया