२७ जेठ, इटहरी । नेपाली काँग्रेस इटहरीको विवाद मिलेको छ । उम्मेदवार छनोटको विषयलाई लिएर केही दिनदेखिको विवाद शनिबारको छलफलपछि मिलेको हो । इटहरीमा काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रोहित प्रसाई र मेयरका अर्का आकांक्षी हेमकर्ण पौडेल दुवै समुहबिच भएको वार्तामा रोहित प्रसाईलाई नै मेयरका उम्मेदवार मानेर अघि बढ्ने सहमती भएको छ । सहमतीपछि पौडेल पक्षले गर्दै आएको विरोधका कार्यक्रम रोकिने काँग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया