काठमाण्डाै । निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसूचित गराउन छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ । आयोगद्धारा मैथिलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ।

मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनील मिश्रले  ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताए। मिश्रले भने,‘ यो शब्दको प्रयोग महिलालाई हेँला गरेर बोलाउँदा प्रयोग गरिन्छ। यसकारण जानकारी पुस्तिकामा  यो राख्दा अपमान गरिएको हो।’अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया