२८ जेठ, इटहरी  । नेपाली काङ्ग्रेस ३ नम्वर क्षेत्रीय समितिले  दुहवी नगरपालिकामा पार्टीका तर्फवाट प्रमुख तथा उपप्रमुख सहित १२ वटा वडाका लागि उम्मेद्वारी घोषणा सहित सार्वजनिक गरेको छ । क्षेत्रीय समितिका सचिव ओम थापाले दुहवी नगरपालिकाका लागी नगर प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेद्वारीको घोषणा गरेको छ  ।

नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा तथा पत्रकार सम्मेलन गरी दुहवी नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारी बनाईएकाहरुमा वडा १ देखि वडा १२ सम्ममा वडा अध्यक्षहरुमा क्रमशः मोहम्मद जलिल रैन, अरविन्दकुमार विश्वास, माधव चौधरी,मोहम्मद मुस्तकिम मियाँ र श्याम दाहाललाई वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ ।

यसैगरी अभिराम मण्डल, श्रीप्रसाद चौधरी, तारिकचन्द सरदार मेहदी हुसैन तुलाराम माझी, अशोककुमार माझी र भुनेश्वरप्रसाद मण्डललाई पनि पार्टीद्धारा वडा अध्यक्षको उम्मेदवार बनाएको घोषणा गरिएको छ । दुहवी नगर सभापति गुलावी मियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दुहवी नगरपालिकामा पार्टीबाट उम्मेदवार घोषणा गरिएका सवै  उम्दवारहरुलाई स्पष्ट बहुमतले विजयी गराउन आग्रह गर्दै काङ्ग्रेस नेता हाँजी मोहम्मद अब्दुल मियाले पार्टीले कसलाई उम्मेदवार घोषणा ग¥यो त्यस ब्यक्तिलाई इमान्दारिताकासाथ सघाउँदै जिताउनु पर्ने दायित्वलाई पुरा गर्न जरुरी रहेको बताए ।

साविक दुहवी सोनापुर भलुवा पूर्वकुशाह सिमरिया लगायतका गाविस समावेश भई बनेको दुहवी नगरपालिकाको १२ वटा वडामा ३० हजार ३ सय ५६ जना मतदाता रहेको काङ्ग्रेस नेता दीपक राईले जानकारी दिए । त्यस अवसरमा नगर सचिव हरि प्रधानले पार्टी उम्मेदवारलाई बिजयी गराउनु सवैको दायित्व भएको बताए ।

सो अवसरमा मेयरका उम्मेदवार गौरीशङ्कर रौनियारले दुहवीमा नेपाली काङ्ग्रेसको जितसँगै विकास निर्माण र यहाँका आवश्यकताका महत्वपूर्ण कार्य सम्पादनमा आफ्नो नेतृत्वमा रहने टोलीले जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता रहेको घोषणा गरेका थिए । त्यसैगरी नेकपा माआवादी केन्द्रले  पनि दुहवी नगरपालिकाको प्रमुखमा अर्थलाल चौधरी र उपप्रमुखमा रोजिना विक खातुनको नाम घोषणा गरेको छ । सो पार्टीले पनि सवै वडाका वडा अध्यक्ष सहित अन्य उम्मेदवारको पनि नाम सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया