जेष्ठ २८, सुवास संकल्प इटहरी। नेपालि हास्य विधामा बिगत लामो समय देखि निरन्तर लागिरहेका चर्चित तथा प्रमुख पात्र हो हरिबंश आचार्य l हास्य विधामा धेरै जोडी बन्दै छुटे पनि मह जोडी ले अहिले सम्म छुटको संघारमा पुगेको छैन l यहि जोडी मध्येका एक हुन् हरिबंश आचार्य l उनि हसाउन मात्र माहिर छैनन् आफ्नो जीवन कहानीलाई एक कृतिको रुप दिएर दुनियालाई रुवाएका पनि छन् l
हास्य विधा भन्दा बाहिर लेखन विधामा पनि अब्बल देखिएका आचार्यले आफ्नो पहिलो कृतिको रुपमा “चिना हराएको मान्छे” कृति निकालेसकेका छन्, त्यो पनि आफ्नै जीवनमा आधिरित रहेर l अहिले उनले अर्को उपन्यास बजारमा ल्याएका छन् “हरिबहादुर” lटेलिभिजनको पर्दामा चर्चित पात्र हो हरिबहादुर l उनै हरिबहादुरलाई मुख्य पात्र बनाएर हास्यरशले भरिएको “हरिबहादुर” उपन्यास सार्बजनिक गरेका हुन् l
निकै पात्रहरु तपाइले टेलिभिजनको पर्दामा ल्याउनु भएको छ, तर हरिबहादुर पात्रलाई आधार बनाएर किन यो कृति लेखियो ? भन्ने हाम्रो जिज्ञाशामा “जति पनि पात्रहरु मैले निकाले त्यो मध्ये हरिबहादुर मेरो मन पात्र हो l” उनले भने l भर्खरै देशब्यापी रुपमा “हरिबहादुर किताब यात्रा” नामको कार्यक्रम गरेर “हरिबहादुर” लाई प्रचार गरेर भर्खरै बिश्राम लिएका उनले “यो यात्रा पूर्णरुपमा व्यवसायिक उद्देश्यले नभई पठन सस्कृतिलाई ब्यापक बनाउनको लागि” भएको उनले बताएका छन् l
हेर्नुस “हरिबहादुर” उपन्यासमा केन्द्रित रहेर हरिबंश आचार्य संग गरिएको बिशेष बार्तालाप :

तपाईको प्रतिक्रिया