इनरुवा जेठ ३०/ राष्ट्रिय जनता पार्टीले तराई मधेशका जिल्लाहरुमा आजबाट ४ दिने आम हड्ताल आव्हान गरेपनि सुनसरीमा भने प्रभाव परेको छैन् । मधेश आन्दोलनताका बढी प्रभावित देखिएको सदरमुकाम इनरुवा सहितको क्षेत्रमा राजपाको आम हड्तालको असर भने देखिएको छैन् ।

इनरुवाको बजार निर्वाध रुपमा खुलेको छ । बजारमा चहलपहल अघिल्ला दिनझै छ । यातायातका साधन संचालनमा छन् । पूर्वपश्चिम राजमार्गमा समेत मालबाहक ट्रक र साना सवारीका साधन गुडी रहेका छन् । फाट्टफुट्ट अन्य सवारीका साधन समेत संचालनमा रहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा कतैपनि बन्दको प्रभाव देखिएको छैन् । बन्दकर्ताहरु समेत सडकमा नदेखिएको प्रहरीले जनाएको छ । उता राजपा सुनसरीले भने आफुहरुको आम हड्ताल जारी रहेको बताएको छ । आफुहरुका माग पुरा गर्न दबाब स्वरुप आन्दोलनमा होमिएको बताएको राजपाले बन्दको अवज्ञा गरिए हुन सक्ने क्षतिको जिम्मेवारी स्वयं सम्वन्धित पक्षले लिनुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया