काठमाडौं – काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ । करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया