SSB-india-Nepal-border2

९ मंसिर इनरुवा । नेपाल भारतको सिमा क्षेत्र सुनसरीको भाण्टाबारीमा भारतीय सेनाले नेपाली नागिरक माथि गाेली चलाएको छ । बुधबार बिहान अन्धाधुन्दा गोली प्रहार गर्दा ४ नेपाली गम्भिर बनेका छन ।गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल आएको बताइएको छ ।अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ ।गोली लागि घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार भइरहेको छ । घटनाको बिषयमा अनुशन्धान सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया