एजेन्सी । फोन चार्ज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु अत्यन्तै महत्वपूर्ण छन् । यी टिप्सहरुबारे जानी राख्नुहोस् किनकी यसो गर्नाले तपाईको ब्याट्री धेरै समय खप्छ र चाँडै बिग्रिंदैन पनि । थाहा पाइराख्नुहोस् यी ८ तरिका

१) जुन कम्पनीको फोन हो त्यसकै मात्र चार्जर प्रयोग गर्नुहोस् । सक्कली चार्जर नभएकोमा त्यसकै ब्रान्डको अरु चार्जर प्रयोग गर्दा पनि हुन्छ ।

२) डाटा केबलले सकेसम्म चार्ज गर्नुहुँदैन । यसको प्रयोगले मोबाइल तात्ने र ब्याट्री चाँडै बिग्रिने हुन्छ ।

३) फोन चार्ज गर्दा फोनको प्रोटेक्टिभ कभर निकालेको राम्रो हो किनकी यसले ब्याट्रीको हिटलाई प्रभावित पार्छ ।

४) फास्ट चार्जरको प्रयोग नगर्दा राम्रो । यसबाट चार्ज गर्दा हाई भोल्टेज ब्याट्रीमा जाने भएकाले ब्याट्री धेरै तात्ने समस्या हुन्छ ।

५) रातभर चार्ज गरेर छोड्नु हुँदैन । यो गर्दा ओभरचार्जिङका कारण ब्याट्री फुल्ने र बिग्रने हुन्छ ।

६) फोन एकपटक चार्ज गर्दा ८० प्रतिशत भएपछि मात्र निकाल्नुपर्छ । सकेसम्म ब्याट्रीलाई १०० प्रतिशत चार्ज नगर्नुहोस् । यसले ब्याट्रीको चार्जिङ क्षमता घटाउँछ ।

७) फोनलाई घरिघरि चार्ज हुनबाट बचाउनुहोस् । २० प्रतिशत बाँकी भएपछि मात्र पूर्ण चार्ज गर्नुहोस् । २० प्रतिशत भन्दा कम चार्ज भएमा फोनलाई तुरुन्तै चार्जमा हाल्नुहोस् र फोन चार्ज नभएसम्म नचलाउनुहोस् ।

८) पावरचार्जरले चार्ज गरेको बेलामा फोनको प्रयोग नगर्नुस् । कतिपयको बानी हुन्छ पावरचर्जरमा चार्ज गर्दै फोन चलाउने तर यसो गर्नाले फोनको भित्री तापक्रम बढ्छ र ब्याट्री लाइफ पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया