काठमाडौं, १ असार । मधेसको राजनीतिक परिस्थिति अन्योलग्रस्त र राष्ट्रिय जनता पार्टी निर्वाचन बहिष्कारका अडानमा देखिँदा अलगाववादी एजेन्डा बोक्दै आएको सीके राउत समूह राजपासँग सहकार्यको तयारीमा छ । राजपा नेता महन्थ ठाकुरलाई प्रेष्ति एक पत्रमा निर्वाचन बहिस्कार गर्नुको साटो त्यसलाई प्रयोग गरी ‘कालो संविधान २०७३’ सदाका लागि फ्याँक्ने रणनीतिमा लाग्न आग्रह गरिएको छ ।

पत्रमा राउतले ५० प्रतिशतभन्दा बढी मत अवैध घोषणा गराउने वातावरण बनाउन निर्वाचनमा जानु उपयुत्तः भएको बताएका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतले जेठ २८ गते ठाकुरलाई तीन पृष्ठको तीनबुँदै सुझावसहित पत्र पठाउँदै मतपत्रमा कष्ठबाहिर छाप लगाउँदै निर्वाचनको सक्रिय बहिस्कार गर्न आग्रह गरेका छन् ।

तराई मधेसमा असार १४ गते हुने निर्वाच्नलाई निषेधात्मक एवं हिंसात्मक बहिष्कार, निष्क्रिय बहिष्कार र सक्रिय बहिष्कारको परिभाषा दिँदै राउतले भनेका छन्, ‘सक्रिय बहिष्कार (मतपत्र बदर) लोकतान्त्रिक ‘राइट टू रिजेक्ट’ को प्रयोग उपयुक्त विकल्प हुन्छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया