इनरुवा असार १ /राजपा कार्यकर्ताहरुले इनरुवामा एउटा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड गरेका छन् । विहानैबाट बजार पसल बन्द गराउँदै हिंडेको समूहले बन्दको अवज्ञा गरेको भन्दै टिपर र सफारीको सिसा फुटाएका हुन् ।


प्रहरीले भने महानन्द पार्कमा रोकिराखेको को १ ख २४२५ नम्वरको टिपरमा राजपा कार्यकर्ताहरुले क्षति पुर्याएको जनाएको छ ।
तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दिलिप साहलाई पक्राउ गरेको जनाएको छ । आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै राजपाले इनरुवा बजार बन्द गराएको छ । पक्राउ परेकाको रिहाई नभए प्रतिकारमा उत्रने राजपा सुनसरीले जनाएको छ । अघिल्ला दुई दिन राजपाको आमहड्तालको असर नदेखिएको इनरुवामा आजभने बजार पसल ठप्प भएका छन् । शैक्षिक संस्था समेत राजपाको दबाबका कारण बन्द भएका छन् ।

तपाईको प्रतिक्रिया