२ असार, प्रकाश धिताल काठ्माण्डौ। लामो समय देखि गीत संगीतमा आबद्द हुँदै आएका अनि गीत संगीतका प्रतिभाशाली कलाकार हुन्  पवन केसि अनि प्रिया भण्डारी । यिनै केसि अनि भण्डारीको नयाँ गीत “गुन्यु चोली लाग्यो झुमा दियौ नजर” बोलको गीतको सार्बजनिक भएको छ । यहि सार्बजनिक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ ।
यो गीतमा गायक पवन केसी अनि प्रिया भण्डारी स्वयंमको आवाज रहेको छ भने गीतमा भिम बिसीको शब्द/संगीत संग संगै  अलमोडा राना उप्रेतीको संगीत सम्योजन रहेको छ । भिडियोलाई पारिवारिक प्रेम कथामा अनि आफ्नी प्रेमिका लाई प्रेमीले भगाउन प्रयास गरिए पनि अन्त्यमा घर परिवारले भेटाएर पुन घरमै फर्काईएको कथालाई भिडियोमा देखाउन खोजिएको छ । भिडियोलाईउत्सब दाहालले छायांकन गरेका हुन् भने राजिव समरले कोरियोग्राफी गरेका छन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा बर्षा शिवाकोटी र जीवन भट्टराईको ससक्त अभिनय संगै अशोक निरौला, रविन राईको पनि अभिनय रहेको छ भने सिमा गुरुङको मेकअप रहेको छ । यसै गरि भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गर्ने भएको छ  ।

तपाईको प्रतिक्रिया