काठमाडौं, २ असार । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो ।

असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले प्रतिवद्धता जनाएका छन् ।

असार १४ गतेको निर्वाचनपछि स्थानीय तहको संख्या थप गर्न सरकारले संवैधानिक र कानुनी जटिलता हटाउँदै राजपाको मागलार्इ सम्बोधन गर्ने अाश्वासन दिएको छ ।अाजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया