काठमाडौं, २ असार । दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्य्र यादवले पनि विरोध गरेका छन् ।

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्य्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् ।

यादवका प्रेस सल्लाहकार महेश चौरासियाले बिहीबार जारी गरको विज्ञप्तिमा भनेका छन्, ‘तीन चरणमा चुनाव गर्ने सरकारी निर्णइ मधेसका लागि घातक छ ।’ आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिंगो मधेसको अस्तित्वमाथि ठाडो प्रसार भएको टिप्पणी उनले गरेका छन् ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया