उदयपुर, २ असार । माओवादी केन्द्रका पूर्वउम्मेद्वारले बिहीबार विहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका १६ को खुला वडा सदस्यमा उम्मेद्वार बनेर टिकट खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।

श्रेष्ठ घरनजिकै रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिउको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहत कार्यक्रम आयोजना गरी उम्मेद्वार सार्वजनिक गरिएको थियो । उम्मेद्वार भई भोट मागिरहेको अवस्थामा पार्टीले बिनाजानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उम्मेद्वार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ ।परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण् भएको बताए पनि प्रहरीले भने कारण खुलाएको छैन ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया