२ असार, सुनसरी । इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो ।

चुनावी प्रचारप्रचारका क्रममा बोल्नुहुदै आफू प्रमुख पदमा विजयी भएपछि नगरपालिकाबाट प्राप्त हुने कुनैपनि रकम वा भत्ता नलिने घोषणा गर्नुभयो । मेहताले राजनीतिलाई आफूले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा लिएको पनि बताउनुभयो । नेपाली काँग्रेसले इनरुवा नगरपालिकामा पार्टीको तर्फबाट युवालाई टिकट दिएको बताउनुहुँदै आफू हारे सबै युवाको हार हुने भएकाले युवाको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

मेहताले आफ्नो विजयको दिनदेखि नै मुख्य समस्याको रुपमा रहेको ढल सरसफाइलाई निरन्तरता दिने, बजार बन्द हडताल हुने गरेकाले त्यसको अन्त गर्नका लागि पहल गर्ने,  भैँसी पशुपालक कृषकलाई मध्यनजर गर्दै प्रत्येक वर्ष भैँसी सुन्दरी प्रतियोगिता गर्ने आदी जस्ता मुख्य कार्य योजनाहरु बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया