- बिरेन्द्र शाह

३ असार, इनरुवा। इनरुवा अनलाइनको निर्बाचन विशेष कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिका वाड.न. ६ मधेशा का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रतिनिधी सुमन थापा सँग गरिएको कुराकानीका केहि अंशहरु

  • सुमन जी के छ, तपाईको खबर ? अनि चुनाव कतिको लागिराको छ, यस इनरुवामा ?

हाल खबर त ठिकै छ अहिले सम्मको चुनावि गतिविधिमा मधेशा नेपाली काग्रेसको भुमिका सक्रियताका साथ रहेको छ हाम्रो साविक १ देखि ९ वडा सम्म घर दैलो कार्यक्रम सकाइ सकेको छौ र घर दैलो कार्यक्रम भन्दा पनि अगाडि टोल सुधार समिती गठन गरि पनि सक्याछौ।

साथै अहिले घर दैलो कार्यक्रम पनि सक्यो त्यसपछि लगत्तै अहिले हामी कोणसभा गर्ने तयारीका साथ ठाउँ ठाउँ र चोक चोकमा कोण सभा गर्ने तयारी गरिराखेका छौ भने व्यापक प्रचार प्रसारका सामग्रीहरु घर दैलोमा पु¥याइ राखेको अवस्था छ साथै त्यहाँको स्थानीय साथीहरु र कांग्रेसका सुवेक्षुक साथीहरु, क्रियाशील साथीहरु साथै पार्टीका विभिन्न तह र पदमा बस्नु भएको साथीहरुबीच सहकार्य भइरहेको छ र चुनावको गतिविधिमा कसरी जादा सहज तरिकाको चुनाव गर्न सकिने र नेपाली कांग्रेसलाई जिताउने भन्ने कुराको छलफल अगाडि बढिरहेको छ । इनरुवा नगरपालिकाको १ देखि १० वटै वडा सम्म घरदैलो कार्यक्रम व्यापक रुपमा सबै वडामा भइरहेको अवस्था छ । कहि कहि अहिलेको मौसमले गर्दा र सबै ठाउँमा खेतीको हतारो तथा चटारोको समयले गर्दा २-४ दिन अघिपछि भएपनि यो हप्ता भित्र सम्पुर्ण प्रचार प्रसार पुर हुन सक्ने भन्ने कुरामा मलाई आस लागेको छ ।

  • तपाई इनरुवा नगरपालिका मधेशाबाट वडा अध्यक्षको रुपमा भुमिका निर्वाह गर्नु हुदैछ, त्यो बाहेक आफ्नो परिचय कसरी दिनु हुन्छ ?

 सर्वप्रथम त म आज यो ठाउँमा आइपुग्नु चाँहि पार्टीगत हिसाब नै हो, मेरो बाल्यकाल देखि नै नेपाली कांग्रेसमा झुकाउ छ।तर अहिले सम्म म जति उठे नेपाली कांग्रेस बाट नै उठे। नेपाली कांग्रेसको मेरुदण्डमा रहेर मैले काम गरेको आधारहरु धेरै छन्। राजनितिकमा लागेको व्याक्तिको परिचय पार्टी कै परिचय हुनसक्छ , त्यसले अवसर पनि पाउँछ, त्यो अवसर मलाई पार्टीले दियो त्यसैले म नेपाली कांग्रेसबाट वडा अध्यक्षको रुपमा उम्मेदवार भए।

  म स्वास्थ्य क्षेत्रमा पनि स्थानीय स्तरबाट काम गरि सकेको छु  जसमा हाम्रो पहलमा एउटा  एम्बुलेन्स सेवा प्रदान गराएको छु  जस्ले गर्दा त्यहाँका ६ हजार २२  जनसंख्या यो सेवाबाट लाभांवित भएका छन् । म विभिन्न संघ संस्था तथा एनजीआमा पनि आबद्ध भई काम गरिराखेको छु। यसरी जनताहरु समक्ष आफ्नो परिचय दिन सक्षम भएको छु ।

  • मधेशा गा.वि.स.बाट नगरपालिका भएपछिको अवस्थामा तपाईले मधेशामा परिवर्तन के देख्नु भएको छ ?

          मधेशा अरु क्षेत्र अथवा गा.वि.स.को तुलनामा विकसित नै मानिन्छ र अहिले सम्म जिल्ला तथा क्षेत्रबाट प्राप्त भएको बजेटले विकास निमार्णका  कामहरुले  फड्को मारिराखेको छ हिजो गा.वि.स हुदा पनि मधेशा छुटै  पहिचानले चिनिन्थ्यो  भने अब नगरपालिकामा गाभिएपछि अझ द्रुत गतिमा फड्को मार्ने विश्वास लिएको छु ।

  • कांग्रेस तथा अन्य पार्टीको मधेशाको विकास निमार्ण कार्यमा कस्तो भुमिकामा रहेको छ ? 

मधेशामा ७ वटा राजनैतिक दल सक्रियताका साथ रहेका छन्। त्यस मध्येबाट पनि नेपाली कांग्रेसले विकास गर्ने कार्यमा निकै अग्रसर भुमिका रहेको छ । जस अनुसार साविक मधेशा ७ घोपालीटोल भन्ने ठाउँबाट उच्च मा.वि. जाने बाटाको सम्पुर्ण भागको विस्तार गरी ग्रावेल गर्ने  कार्य पनि नेपाली कांग्रेसको नेतृत्वबाट नै भैरहेको अवस्था छ । विभिन्न किसिमको वैदेशिक रोजगारी तथा आयआर्जन मुलक तालिमहरुमा नेपाली कांग्रेस अग्रसरको रुपमा कार्य गर्दै आइ रहेको छ।

  • तपाई नेपाली कांग्रेसमा कहिले देखि सक्रिय हुनु भएको हो ?

म  विद्यार्थी काल देखि नै यसमा आवद्ध छु । वि.स. २०४६ सालको जनआन्दोलन भइ राखेको बेलामा यो के को बारेमा भनेर चासो राखे, र मधेशा स्कुलको अध्यक्षको रुपमा काम गर्दै आए यसरी २०५१ सालमा मधेशा कै सभापति भएर चलाए र त्यसैगरी २०५६ सालमा नेपाल विद्यार्थी संघमा सचिव भए, यसरी नै अहिले सम्म चलिरहेको छ ।

  • मधेशाबासीहरुको मन जित्न तपाई कसरी सफल हुनु भएको छ ?

स्थानीय मधेशा निवासी सुमन थापा एउटा युवा पुस्ताको उम्मेदवार जो हरेक जोसजागरका साथ कृयाशील रुपमा रहेको अवस्था छ, त्यहाँका विभिन्न स्थानीय समुदायमा परेको पीर मार्कामा हरबखत सम्भव भए सम्म सहयोगीको भुमिका निर्वाह गर्ने व्यक्तिको रुपमा मलाई चिन्नुहुन्छ। पार्टी भन्दा पनि सुमन थापा एक सहयोगी व्यक्तिको रुपमा त्यस ठाउँमा चिनिएकोले गर्दा त्यहाँका स्थानीय बासिन्दाहरुले यस स्थानीय निर्वाचनमा सुमन थापालाई विजय गराउनुपर्छ भन्ने भावना देखिन्छ। सुमन थापाको पहुच जिल्लामा मात्र नभईकन केन्द्र सम्म भएकोले यसले मधेशाको लागि अवश्य पनि केही महत्वपूर्ण विकास निमार्णका कार्यहरु गर्ने छ भन्ने अनुभुति गरेका छन् ।

  • भोट माग्नुको साथ साथै मतदान गर्ने प्रक्रिया पनि सिकाउदैँ हुनुहुन्छ कि ?

मतदान शिक्षाको लागि नेपाल सरकारले पठाएको व्यक्तिहरुले मतदान सम्बन्धि शिक्षा गाउँ–गाउँ तथा टोल टोलमा गई सिकाइ रहेको अवस्था छदैछ त्यस भन्दा बाहेक हामीले टोल सुधार समिति तथा घरदैलो कार्यक्रम सँगसँगै मतदान सम्बन्धि जानकारी तथा शिक्षा हामीले मधेशा बासीमा दिइ रहेको अवस्था छ ।

  • वडा अध्यक्षमा तपाई विजय भैसकेपछिका के छन् त तपाईका कार्य योजनाहरु के के हुन् ?

विकास निमार्णका कार्यहरुलाई मैले प्रथम प्राथमिकता दिएको छु । जस्तै – कच्ची बाटोलाई कालोपत्र गर्ने, स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य विमा अनिवार्य गर्ने, सवबाहनको व्यवस्था गर्ने, शिक्षाको क्षेत्रमा एउटा स्कुल बस ल्याउने योजना छ, सम्पूर्ण मधेशामा सोलार बत्तीका साथै वृक्षारोपण गर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने आदि जस्ता अरु धेरै विकास निमार्णका कार्य योजनाहरु मैले समावेश गरेको छ ।

  • अन्त्यमा तपाईलाई कहि भन्नु छ ?

मलाई यहाँ सम्म आएर मेरा दुई शब्दहरु जनमानस समक्ष राख्ने मौका दिनु भएकोमा सम्पूर्ण इनरुवा अनलाइन टिमलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

विस्तृत भिडियो अन्तर्वार्ताको लागि तल क्लिक गर्नुहोस्:

तपाईको प्रतिक्रिया