इनरुवा ३ असार /भोलि हुने मनोनयन दर्ताको तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दलहरुकालागि उमेद्वारको मनोनयनको तयारी पुरा भएको जनाएको हो । मूख्य निर्वाचन अधिकृत अजुर्नप्रसाद कोइरालाका अनुसार विहान ८ बजे बाट ४ बजेसम्म मनोनयन दर्ता गराइसक्नु पर्नेछ ।

इनरुवा नगरपालिकाको हकमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ भने सुनसरीका अन्य ११ स्थानीय तहहरुमा सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्ता गर्ने व्यवस्था मिलाइएको मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले बताए ।
भोलिको मनोनयन दर्ताका लागि इनरुवा नगरपालिका भित्र रहेका प्रमुख दलहरुले भने मनोनयनकालागि समय लिई सकेका छन् । मनोनय दर्ताकालागि उम्मेदवारले नेपाली नागरिकता र मतदाता प्रमाणपत्र, फोटो एक प्रति, उम्मेदवार परिचय पत्र सहित समर्थक र प्रस्तावकको हकमा नेपाली नागरिकता सहितको सम्पूर्ण परिचय खुल्ने कागजात बुझाउनु पर्ने छ ।

मनोनयन दर्ताकालागि उम्मेदवारले तोकिएको धरौटी समेत साथमै बुझाउनु पर्नेछ । वडा सदस्यले पाँच सय , वडा अध्यक्षले एक हजार, नगरपालिका प्रमुख वा उपप्रमुख सहित गाउँपालिका अध्यक्ष वा उपाध्यक्षले एक हजार पाँच सय, महिला र दलित सदस्यले दुई सय पचास, जिसस सदस्यले एक हजार र प्रमुख वा उपप्रमुखले दुई हजार धरौटी बुझाउनु व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया