४ असार, सुवास संकल्प इटहरी।लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ l तर यो रियलमा नभई रिलमा मात्र भएको हो l  प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् l
“स्वर्गलोक” बोलको गीतलाई चर्चित गायिका देबी घर्ति मगर ले गएकी छिन भने उनलाई गौतम निशानले गायनमा साथ् दिएका छन् l गौतम निशान, ज्ञानु संगम खड्का र भीमा पुनको सब्द समाबेश रहेको गीतमा गौतम निशानकै संगीत रहेको छ l
मर्मस्पर्शी सब्द संगै भाबुक बनाउने सो भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीको बजार व्यवस्थापन रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् l भिडियोमा बिमल अधिकारि संगै अर्का चर्चित मोडल आशा खड्का र उत्तमलाई पनि देख्न सकिन्छ l सागर गौतमले  छायांकन गरेको उक्त भिडियोलाई सुजन साहीले सम्पादन गरेका छन् l
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला :

तपाईको प्रतिक्रिया