२१ असोज, इनरुवा ।
भोक्राहा ५ स्थित राजमार्गमा रिक्सालाई को २० प १४४६ नं. को मोटरसाइकलले ठक्कर दिंदा रिक्सामा सवार नरसिंह ९ बस्ने वर्ष ७५ को लाल मोहमद मिया घाइते भएका छन् । गम्भिर घाइते उनको गोल्डन अस्पताल विराटनगरकम उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चालक नरसिंह ९ बस्ने वर्ष ५२ को महेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी को ९ प ३६२ नं. को मोटरसाइकलको ठक्करबाट पैदल यात्री पश्चिम कुसाहा ४ बस्ने वर्ष १८ को मोहमद अख्तर मन्सुरी मिया समेत घाइते भएका छन् । उनको समेत उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया