४ अषाढ, सप्तरी। सप्तरीको राजविराजमा आज दिउसो सरकारी मोटरसाईकलमा राजपाले आगजनी गरेको छ ।  दागेश्वरी नगरपालिका वडा नं १ का वडा सचिव तपेशवर साह चढेर आएको स १ ब ५२९  नम्बरको मोटरसाईकल राजविराजको गजेन्द्र चौकमा आज दिउसो १ बजेको समयमा राजपाका कार्यकर्ताहरुले बन्दको अवैज्ञा गरेको भन्दै आजगनी गरेका छन ।
संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका मागहरु सम्बोधन नभएको भन्दै निर्वाचन विथोल्ने राजपा नेपालको कार्यक्रमा प्रहरीले बल जवर्दस्ती नेता तथा कार्यकर्ता पक्राउ गरेको सो पक्राउ परेकाहरुलाई अबिलम रिहाईको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
तस्बिर: फेसबुककोवाल बाट सहयोग

तपाईको प्रतिक्रिया