इनरुवा असार ४ /एक दिनअघि नेपाली काँग्रेस त्यागेर संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेकी इनरुवाकी उम्मेदवारले अन्त्यमा लोकतान्त्रिक फोरमबाट मनोनयन दर्ता गराएकी छिन् ।
औपचारिक कार्यक्रमकावीच संघीय समाजवादीमा प्रवेश गरेकी कुमारी मिरा अधिकारी पोखरेल मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने क्रममा बाटोबाटै लोकतान्त्रिकमा प्रवेश गरेकी हुन् ।
समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार शिबनारायण मेहताका अनुसार मनोनयन दर्ता गर्न तयारी सहित अघि बढ्न लाग्दा सँगै रहेकी अधिकारी मोबाइल अफ गरी एकाएक गायब भएकी थिइन् ।
लोकतान्त्रिक पार्टीका उम्मेदवारसँग आफ्नो पार्टीको उम्मेदवार देखिएपछि सोध्दा आफुले पार्टी त्यागेको भन्दै लोकतान्त्रिकबाट मनोनयन दिने बताएपछि समाजवादी फोरमलाई अर्को उम्मेदवार जुटाउन केहिबेर सकस परेको थियो ।
मिराले धोका दिएपछि रिक्त पदमा शुशिला देवी यादवलाई उपमेयरको पदमा मनोनयन दर्ता गराइएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ । उता मिराले लोकतान्त्रिकको पकड बलियो देखिएपछि आफुले फोरम नेपाल छाडेको प्रतिकृया दिएकी छिन् ।
लोकतान्त्रिक फोरमबाट मिराले उपमेयरमा मनोनयन दर्ता गराउँदा मेयरमा मनोज मेहताले मनोनयन दर्ता गराएका छन् ।

 

तपाईको प्रतिक्रिया