इनरुवा ५ असार/नेपाली सेनाको बटुक दल गणले सुनसरीका चार विद्यालयमा आजबाट राष्ट्रिय सेवा दल सिसम ४४ जुनियर डिभिजन तालिमको सुरुवात गरेको छ ।बटुक दल गणका गणपति शुलभ खड्काले आज सुनसरी सदरमुकाम इनरुवामा रहेको भगवति माविमा आयोजित औपचारिक कार्यक्रमकावीच तालिमको उद्घाटन गरे ।तालिमका छनौटमा परेका प्रत्येक विद्यालयबाट १८ छात्र र १८ छात्रा सहभागि हुनेछन् ।१०० दिन सम्म चल्ने तालिमको ७९ दिन सम्वन्धित विद्यालयमै संस्थागत तालिम प्रदान गरिने छ भने बाँकी २१ दिन क्याम्पमा राखी प्रशिक्षण दिइने नेपाली सेनाले जनाएको छ ।


युवा जनशक्तिको आवश्यकता र महत्वलाई मध्यनजर गरी संगठित रुपमा राष्ट्र निर्माणमा अग्रसर गराउने उद्येश्यसाथ संचालनमा ल्याइन लागेको जुनियर तालिम विद्याथीमा अनुशासन सँगै राष्ट्रप्रतिको जिम्मेवारी बोध गराउन महत्वपूर्ण सावित हुने सेनाले जनाएको छ ।
अघिल्लो वर्ष सम्पन्न तालिमबाट उत्पादित जनशक्तिले राष्ट्रिय तहमै पूर्वको छाप छोड्न सफल भएकाले यसपटक समेत कार्यक्रम प्राथमिकतामा परेको प्रमुख सेनानी खड्काले जानकारी दिए ।

विशेषगरी सुनसरीबाट सहभागि विद्यालयका विद्यार्थीहरु अघिल्लो पटक अब्बल दर्जिएकाले यस पटकको तालिममा सहभागि विद्यार्थीहरुले समेत तालिमलाई अवसरका रुपमा लिने  प्रमुख सेनानी खड्काले विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक पोषराज पोखरेल, ससस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदी, बटुक दल ग गुल्म इनरुवाका प्रमुख आमोद कार्की, भगवति माविका प्रअ पुरुषोत्तम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया