काठमाडौं । सप्तरीका अस्रंभ साह ७ वर्ष अगाडि वैदेशिक रोजगारको लागि दुबई पुगे । दुबई पुगेर केही वर्ष मजदुरी गरेका साह एका एक साहिल साहको नामबाट कुख्यात बन्न पुगे ।वैदेशिक रोजगारी र भ्रमणको लागि विदेश पुगेका नेपाली युवालाई नै ठगी गरेर साहिल दुबईमा बिलासिताको जिन्दगी जिउन थाले ।

 

मजदुरी छाडेर अहिले साहिल रोजगारी र भ्रमणमा दुर्बइको आवुधाबी पुगेका नेपाली र भारतीय युवालाई योजनाबद्ध तरीकाबाट ठगी गर्दै आएको प्रमाण जनप्रहारले प्राप्त गरेको छ । एक कम्पनीमा काम गरीरहेका व्यक्तिलाई अर्को कम्पनीमा राम्रो र बढी तलब दिलाईने नाटक रच्दै साहिलको समूहले सोझा सिधा युवालाई ठगी गर्न थालेको छ भने भ्रमणमा दुबई पुगेकालाई पनि जागिर लगाई दिने भन्दै ठगी गर्न थालेका छन् ।

स्रोतका अनुसार साहिल त्यहाँका डनका रूपमा चिनिएका मुन्ना भाईको शरणमा छन् । मुन्ना भाईको शरणमा बसेका कारण उनी पीडितको पन्जाबाट बचिराखेका छन् ।

वैदेशिक रोजगारको लागी दुबई पुगेका अन्यलाई आफ्नो शिकार बनाउँदै आएका छन् । स्रोतका अनुसार साहिलले सयौंैलाई ठगी गरेका छन् ठगीबाट असुलेको रकमले उनी दुबइएमा बिलासिताको जिन्दगीमा रमाउँदै आएका छन् । जनप्रहार साप्ताहिकमा खबर रहेको छ।

तपाईको प्रतिक्रिया