काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ। भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ । ‍भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिको रुपमा डाक्ने गरेको छ ।

भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेशमन्त्रालयलाई दिएको छ। नया आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ।

तपाईको प्रतिक्रिया