इनरुवा असार ६। उम्मेद्वारी चयन प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गराएकाले नाम फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेमा काँग्रेस पार्टीप्रति असन्तुष्टि जनाउँदै मनोनयन गर्दा गराउनेहरु बढी छन् । इनरुवाको उपमेयरकालागि काँग्रेसको बागी उम्मेदवारका रुपमा स्वतन्त्र मनोनयन दर्ता गराएकी ज्योति सुब्बाले नाम फिर्ता लिएकि छिन् । जिल्ला पंक्तिसँगको छलफल पश्चात आफ्नो असन्तुष्टि टुङिगएकाले पार्टीको साथ र समर्थनमा अघि बढ्ने सुब्बाले बताइन् ।

त्यसैगरी इनरुवाको वडा नम्वर १ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका लक्ष्मी शाह, महिला दलित सदस्य कबिता शर्मा खत्वे, ३ नम्वर अध्यक्षमा स्वतन्त्रबाट मनोनयन गर्दा गराएका ऋषिराम सुवेदीले मनोनयन फिर्ता लिएका छन् । उनिहरु सबैले पार्टीको जीत सुनिश्चित गर्ने आधार तय गर्न मनोनयन फिर्ता लिएको प्रतिकृया दिएका छन् ।

नेपाली काँग्रेस सुनसरी सभापति राजिब कोइरालाले असन्तुष्ट कार्यकर्ताहरुलाई पार्टीमै फर्काइएको बताउनुभएको छ । पार्टीले असन्तुष्टीका विषयलाई आगामी दिनमा सम्बोधन गर्दै लैजाने कोइरालाको भनाई छ । उम्मेद्वार चयन प्रतिको असन्तुष्टिसँगै स्वतन्त्र मनोनयन दर्ता गराएकाहरु पार्टीमै फर्किएकाले इनरुवामा नेपाली काँग्रेस थप मजबुत बनेको कोइरालाले बताउनुभयो । काँग्रेससँगको असन्तुष्टि पश्चात मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी महेश्वरी न्यौपानेले भने मनोनयन फिर्ता लिइनन् । आफुलाई समेत नाम फिर्ता लिन काँगे्रस नेताहरुले आग्रह र आश्वासन दिएपनि नाम फिर्ता नलिई चुनावमा उभिएको न्यौपानेले बताइन् । उनले स्टिकोट चुनाव चिन्ह पाएकी छिन् ।

तपाईको प्रतिक्रिया