इनरुवा असार ६/ विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका इनरुवाका १४ जनाले नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेहरुमा काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उपमेयर पदमा मनोनयन गर्दा गराएकी ज्योति सुब्बा, वडा नम्वर १ बाट स्वतन्त्र अध्यक्षको मनोनयन दर्ता गराएका लक्ष्मीप्रसाद हलुवाई, वडा ३ बाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका ऋषिराम सुवेदी , मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वडा सदस्य गुलाबचन मुसहर, ५ नम्वर वडा अध्यक्ष स्वतन्त्र तर्फ हिरालाल मण्डल, श्यामकुमार राय, रामनारायण चौधरीले नाम फिर्ता लिएका छन् ।

त्यसैगरी वडा नम्वर ५ बाटै सदस्यहरु राप्रपाका शम्भु मण्डल, गणेश मण्डल, फोरम लोकतान्त्रिकका कृष्ण बहादुर थापा मगर र जितेन्द्रकुमार रायले नाम फिर्ता लिएका छन् । त्यसैगरी ५ कै महिला सदस्य फोरम लोकतान्त्रिककी सरस्वती मण्डल, इनरुवा नगरपालिका वडा ८का वडा अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका विश्वनाथ मण्डल धानुक र वडा नम्वर ९ बाट स्वतन्त्रमा सदस्य पदकालागि मनोनयन दर्ता गराएका सत्यनारायण शर्माले नाम फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया