६ असार, मोरंग।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। अध्यक्ष ओलीले जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने काम एमालेले मात्रै गर्न सक्ने पनि दोहोर्याए।

मंगलबार गृह जिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विद्युतीय रेल छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे।अध्यक्ष ओलीले पूर्व–पश्चिम सडक चौडा पार्नेलगायतका काम गरी मुलुकमा विकास निर्माणको कामलाई तीव्रता दिने आश्वासन पनि दिए।

तपाईको प्रतिक्रिया