६ असार, इनरुवा । दाेश्राे चरणकाे स्थानीय निर्वाचनकाे मिति नजिकिएसंगै सुनसरीमा  नयाँ समाचारहरू बाहिरीने क्रम बढदै गएकाे छ । यसैबिच सुनसरीकाे  इनरुवासँग सीमा जोडिएको भोक्राहा गाउँपालिकाको वडा नम्बर ८ स्थित एउटै गाउमा ५ सयबढी भारतीय नागरीकहरूसंग नेपाली मतदाताकाे परिचयपत्र रहेकाे खुलासा भएकाे छ ।

 

बिभिन्न समयमा सुनसरी जिल्ला प्रसाशन कार्यालयबाट नेपाली नागरिकता लिइसकेका ति भारतीय नागरिकहरूले साेही मतदाता परिचयपत्रकाे अाधारमा सुनसरीकाे भोक्राहा गाउँपालिकाबाट प्रत्यक्ष निर्वाचनमा भाेट हाल्न पाउने भएका छन । कुल २ हजार १ सय ७८ मतदाता रहेकोे उक्त गाउपालिकामा ५ सयबढी भारतीय नागरीकहरू रहेकाे र उनिहरू निर्वाचनकाे बेलामात्रै सुनसरी अाउने गरेकाे पाइएकाे छ । भारत बसमतीय मुस्लिम टोलको मतदाता नामावली र भोक्राहा ८ को नेपाली मतदाता नामावली अनुसार अधिकांश मानिस भारतको नागरिकहरू रहेकाे खुलासा भएकाे हाे ।

अाउदाे असार १४ गतेकालागि उनिहरूलार्इ सुनसरीमा भेला गरी अाफ्ना नातेदारकाे पक्षमा भाेट हाल्न उक्साउने र उनिहरूकाे मतनै निर्वाचनकाे अन्तिम निर्णायक बनिने गरेकाे त्यहाका स्थानीयहरूले बताएका छन । लामाे समयदेखी राजनीतिमा बलीयाे छवी बनाएकाहरूकाे पहलमा भारतकाे बिभिन्न स्थानबाट अाफन्तहरू मगार्इ उनिहरूलार्इ नागरिकता सहित मतदाता परिचयपत्र बनाएर्र निर्वाचनमा समावेस गराइने त्यहाका स्थानीयहरू बताउछन ।

अाफ्नाे क्षेत्र तथा गाउ बिकासकालागि अाफ्नाे जनप्रतिनिधी चुन्नपाउने अधिकार नेपालीकाे रहेपनि सुनसरीकाे  भोक्राहा गाउँपालिकामा भने त्याे अधिकार भारतीयहरूले खाेसेका छन । यस बिषयमा जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद पराजुलीले यस्ताे कुरा भर्खरै बाहिरिउकाेले पहिले अनुशन्धान गरिने त्यसपछि निर्वाचन अायाेगमा खबर गरिने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया