काठमाडाैं, ७ असार । रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् ।

नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया