काठमाडौं, ७ असार । मनोनयन दर्ता गर्न जाने क्रममा आइतबार बाजुराको डेडेदह गाउँपालिकामा भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसबाट अध्यक्षका उम्मेद्वार नरबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । झडपमा एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीले मन्टेश्वरी माविका शिक्षक पदमबहादुर रावत र देवबहादुर रावतलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दलबहादुर बोगटीले बताए ।

मनोनयन दर्ता गर्ने क्रममा भएको झडपमा एमाले कार्यकर्ता हंसबहादुर रावतको मृत्यु भएको थियो । सो घटनामा अन्य दुईजना गम्भीर घाइते भएका थिए । घाइतेको जिल्ला स्वास्थ्य कार्यालय मार्तडीमा उपचार भइरहेको छ ।

मृतकका परिवारले दोषीलार्य कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । स्थानीयले कांग्रेसका अध्यक्षसहितको टोलीले घटना सुनियोजित तरिकाले गरेको आरोप लगाएका छन् । प्रहरी नियन्त्रणमा रहेका शिक्षक पदमबहादुर रावतले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया