काठमाडौं, ८ असार । सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात भारतमा छन् । स्थानीयबासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याइ खानपान गराउन सक्छ, त्यही पार्टी विजयी हुनेछ । आजको कान्तिपुरमा खबर छ– प्रमुख दलका उम्मेद्वार जति घरदैलोमा व्यस्त छन्, त्यति नै पारिका भतदातालाई कहिले ल्याएर कहाँ र कस्तो मेजमानको साथ राख्न सकिन्छ भन्ने कसरतमा पनि छन् । कोसी गाउँपालिकामा २२ हजार ४ सय ३० मतदाता छन्, तीमध्ये पारि अर्थात भारतमा झन्डै ३ हजार छन् । उनीहरु धेरैजसोको स्थायी बसोबास भारत नै हो, यहाँ उनीहरुका नातेदार मात्र छन् । भारतमा रहेका थोरै मतदाताको मात्र नेपालमा घरबास या जग्गा छ । तिनको दुवैतिर नागरिकता र मतदाता सूचीमा नाम छ । ‘यता आएर भोट नहाले मतदाता सूचीबाट नाम काटिएला भनेर उनीहरु मत खसाल्न आउँछन्,’ कांग्रेसका गाउँपालिकाका अध्यक्ष उम्मेद्वार अयुव अन्सारीले भने ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवामा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट हुँदै
इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लब इनरुवा २ स...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
निरौला समाजद्वारा जेष्ठ नागरिक सम्मान
इनरुवा/निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरुवाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय समिति ...
स्मृति प्रतिष्ठानको उद्घाटनमा रक्तदान
इनरुवा अस्पतालको पूर्वी गेट छेउमा स्वर्गीय डोमी धानुक मण्डल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा अस्पता...
इनरुवाका नगर स्तरीय योजना अनुगमन
इनरुवा नगरपालिका भित्रका वडामा संचालित नगर स्तरीय योजनाको अनुगमन थालिएको छ । नगर प्रमुख राजन मेहता सहितको टोलीले पहिलो द...
कर्मचारीको चुनावमा ओली पक्षको प्यानल जित
नेपाल निजामती कर्मचारी संगठन सुनसरी आवद्ध राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको निर्वाचनमा ओली पक्षधर समूहले प्यान...