८ असार, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका तर्फबाट खुल्ला सदस्यको उम्मेदवार बन्नु भएका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । ५६ वर्षीय भण्डारीको मुटु सम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको काँग्रेसले जनाएको छ । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिंड्ने क्रममा ४÷५ दिनदेखी नै विरामी रहेको र आज विहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहनु भएका जंग तामाङले जानकारी दिए ।

 

२०४६ साल देखी नै नेपाली काँग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले उम्मेदवारको निधन भएका कारण सो वडा र सोही पदका लागि पुनः मनोनयन दर्ता गरिने बताए।

तपाईको प्रतिक्रिया