८ असार, भोजपुर। भोजपुरको ट्याम्केमैयुम गाउँपलिका-४ बाट प्रहरीले बुधबार भरुवा बन्दुक र छर्रा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने ३४ बर्षिय सुनिल राई रहेका छन्। दिउँसो ३ बजेतिर सुनीलले भरुवा बन्दुक पड्काएको भन्ने जानकारी प्राप्त भए संगै इलाका प्रहरी कार्यालय दिल्पा र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले १ नाल भरुवा बन्दुक, १० ग्राम बारुद्ध र २ सय ग्राम छर्रा बरामद गरेको हो। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दिल्पामा राखी थप अनुसन्धान भइरेहको छ।

तपाईको प्रतिक्रिया