०८ असार, राजविराज दिलिप  साह । शान्ति निर्माणमा राजनैतिक दल, राजनैतिक दलको भातृ संगठन तथा यूवाहरुको भुमिका विषयक मावि तथा उमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता विहीवार राजविराजमा सम्पन्न भएको छ । स्थानिय शान्ति समिती सप्तरीको आयोजनमा भएको वकतृत्वकलामा लिटिल प्mलावर माविका छात्रा प्रियंका कुमारी यादव प्रथम, लिटिल  फ्लावर माविका हरसफ प्रतिक झा दोस्रो, न्यु रोज पब्लिक माविका सितल सुमन तेस्रो र ज्ञान ज्योति माविका स्वर्ण ज्योतिले सान्तवना पुरस्कार हात पार्न सफल भएका छन् । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका १७ जना छात्र–छात्राहरु सहभागी रहेका थिए ।

स्थानिय शान्ति समिती सप्तरको अध्यक्ष निरंजन झाको अध्यक्षतामा भएको कार्यक्रममा विष्ठि अतिथि राठाजोभ मावि राजविराजका प्राध्यानाध्यापक दिलीप कुमार झा, शान्ति समितीका सदस्यहरु किशोर कुमार यादव, विनोद यादव र हरेराम यादव, शिक्षक शम्भु यादवले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यक्रम सम्बन्धि जानकारी समितीका सचिव रविकुमार गुप्ताले प्रस्तुत गरेका थिए । कर्यक्रम संचालन समितीका सदस्य शैलेन्द्र सिंहले गरेका थिए ।

तपाईको प्रतिक्रिया