इनरुवा ९ असार/अल इण्डिया रिलिजका साथ आजबाट प्रर्दशनमा आएको सलमान खान अभिनित बहुप्रतिक्षित हिन्दी सिनेमा ट्युबलाईट इनरुवाको कमल टाकिजमा समेत प्रर्दशन थालिएको छ । लामो समय बन्द रहेको कमल टाकिज नयाँ व्यवस्थापन मार्फत संचालनमा ल्याइएको हो ।

रंगरोगन,सरसफाई, डिजिटल साउण्ड र क्वालिटी सहित सिनेमा हल संचालनमा ल्याइएको संचालक समितिले जनाएको छ ।
हिजो बाहुबली २ बाट परीक्षण प्रर्दशन गरेको कमल टाकिजले आजबाट मध्यान्ह, अपरान्ह र साँझ गरी तीन शो संचालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया