९ असार, इनरुवा। ईनरुवा अनलाईनको स्थानीय तहको निर्बाचन विशेष अन्तर्बार्ता कार्यक्रम अन्तर्गत आज हामि संग ईनरुवा नगरपालिका वडा न. १ का नेपाली कांग्रेस बाट वडा अध्यक्ष्यका उमेदबार रामचन्द्र पौदार संग गरिएको संक्षिप्त कुराकानीका केहि अंशहरु :

स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसको कस्तो भूमिका रहेको छ ?

नेपाली कांग्रेसले यस स्थानीय निर्बाचनमा महत्वपुर्ण भूमिका खेल्दै छ, नेपाली कांग्रेस आफै एउटा गणतान्त्रिक तथा लोकतान्त्रिक पार्टी भएकोले गर्दा पनि बिकासका केहि ठाउँ नछोडी बिकाशको बाटोलाइ जहिले निरन्तरता दिनेछ ।

चुनाबको तयारी कस्तो भैरहेको छ ?

मतदाताहरुको घरदैलोमा पुग्ने तथा वहाहरुलाई यस स्थानिय निर्वाचनमा भोट हाल्ने प्रक्रिया बताउनुका साथै कसरी सहज तरिकाको चुनाव गर्न सकिने र नेपाली कांग्रेसलाई सम्पुर्ण वडाहरुमा जिताउन सकिन्छ भन्ने कुराको छलफल अगाडि बढिरहेको छ ।

इनरुवा वडा नं. १ का जनताको बहुमातले बिजय हात पर्नु भयो भने कस्तो किसिमको भूमिका निर्बाह गर्नु हुन्छ ?

कागजी प्रतिबध्तता भन्दा पनि मैले विकास निमार्णका कार्यहरुलाई प्रथम प्राथमिकता दिएको छु । इनरुवा वडा नं. १ लाई यस नगरको मुख्य व्यापारीक केन्द्रमा परिणत गर्नेछु। वडा भित्रका कच्ची बाटोलाई प्राथमिकताका आधारमा कालोपत्रे गर्ने, स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य विमा अनिवार्य गर्ने, ढल निकासको समस्यालाई प्राथमिकताका साथ समाधानको बाटोतिर लाने, बालबालिका तथा जेष्टनागरिकहरुका लागि पार्क निर्माण गर्ने। साथै महिला, दलित, पिछडिएको समुदाय, बेरोजगार युवायुवतीहरुका लागि सिप मुलक तथा आय आर्जन मुलक तालिमहरुको विभिन्न कार्यक्रमहरु ल्याउने र सहि ढंगले तालिम दिने व्यवस्था मिलाउने तथा घरेलु उधोगहरुलाई प्रमुख प्राथमिकताका साथ थप सुबिधाहरु उपल्ब्ध गराउने आदि जस्ता योजनाहरुमा म प्रमुख भुमिका निर्बाह गर्ने छु।

अन्त्यमा इनरुवा नगरवासीहरूलार्इ के भन्न चाहनुहुन्छ ?

इनरुवा जिल्लाकै सदरमुकाम भएपनि यसलाई अझ पहिचानको खाचो छ। मलाइ एक पटक यस वडामा अवसर र कामगर्ने मौका दिनुस तपाइहरूको यस वडालाई एउटा नमुना वडा बनाउने छु। मलार्इ अमुल्य मत दिर्इ अत्याधिक बहुमतले बिजयी गराइदिनुस । धन्यबाद इनरुवा अनलाईको टिमलाई तथा यस नगरबासीलाई…..

तपाईको प्रतिक्रिया