- बिरेन्द्र शाह

१० असार, इनरुवा। यस इनरुवाअनलाईनको स्थानिय निर्वाचनको विशेष संबाद कार्यक्रम अनतर्गत  इनरुवा नगरपालिकाका एमालेको तर्फबाट मेयर पदका उमेदबार  पोष्ट कुमार नेपाल संग गरिएको कुराकानी :

  • मेयर पदकोलागि पार्टीले तपाइलार्इ योग्य ठानेर टिकट दिएको छ ! कस्तो अनुभव गरिरहनुभएको छ ?

म यस इनरुवा नगरमा लगभग ३५ वर्ष देखि नेकपा एमालेको राजनितक गरिरहेको छु। यस पटक नेकपा एमालेले मलाइ मेयर पदको उमेदबार बनाइ अगाडि बनाएको हो। वास्तवमा अरु देश भरी मेयर पदकालागि जति बिबाद भो, झै झगडा भो, आन्तरिक मनमोटाब भो तर मलाई दुइ महिना अगाडि पार्टिले सर्वसहमतिमा उमेदबारि दियो मलाइ लाग्छ त्यो मेरो पार्टि प्रतिको लगानि, इमानदारिता, निष्ठा र माथिल्लो कमरेडको म माथिको  विश्वास नै मरो पहिलो आधार हो भन्ने मलाइ लाग्छ। यो पदमा उमेदबारी दिसकेपछि मैले पनि आफ्नो जिवनलाई गौरवक साथ लिएको छु। आफ्नो अनुभव आफ्नो मेहनत निरनतर रुपमा गर्ने व्याक्ति कुनै न केनै दिन पुरस्कृत हुन्छ भन्नेकुरा मलाई महसुस भै रहेकोछ।

  • घरदैलो कार्यक्रममा लागिरहनु भएको बेलामा नगरवासीहरूबाट के कस्तो प्रतिक्रिया पाइरहनुभएको छ त ?

यो नगरमा हिजो १५ हजार भोटर थिए अहिले ३६ हजार मतदाता भएका छन् ६४ हजार जनसंख्या छ। भुगोल भित्र अत्यन्त जटिलताहरु छन्, बाटोघाटोका ठुला-ठुला समस्याहरु छन्। यि समस्याहरु सबै जनताहरुले निर्बाचित भैसकेपछि पुरा गर्नु पर्छ भनि प्रश्न गर्नुभयो। मैले वहाहरुलाइ आश्वस्त दिए यदि यि तपाइहरुका कठिनाइहरुलाइ मैले आफ्नै समस्याका रुपमा बेझेको छु र यि समस्याहरुलाइ समाधान गर्न सकिन भने, म ५ वर्ष होइन २ वर्षमा मेयरपद बाट राजिनामा दिएर तपाइहरुको बिचमा आउछु भनि मैले प्रतिक्रिया दिए जस्ले गर्दा जनताहरु उत्साहित र खुशि छन। सयौको संख्यामा महिलाहरु, दलितहरु, वृद्दहरु सबैजना घरदैलो कार्यक्रममा सहभागि भए। तेस बाट मलाइ वास्तवमा जनताको रेसपोन्स, माया बढि भन्दा बढि मैले पाएको अनुभुति गरेको छ।

  •  तपाई आफ्नो राजनितिक यात्रामा अहिले सम्म के कस्ता महत्वपुर्ण कार्यहरु गर्नु भएको छ त ?

म मेयर पदमा लड्छु अथवा सांसदिय राजनितिमा लाग्छु भनि कल्पना सम्म गरेको थिइन किन भने कुनै समयमा पार्टि प्रतिबन्ध अवस्थामा थियो। जब मुलुकमा गणतन्त्र, लोकतन्त्र स्थापना भयो, पार्टि संसदिय फाटमा गयो, रास्ट र मुलिकको जिम्मेबारी एमालेले नै बहन गर्नुपर्छ भन्नेकुरा महसुस भए। त्यसपछि म सामाजिक क्षेत्रमा पनि लागे। मैले यहा रहेको  दुइ वटा क्यामपसको अध्यक्ष बने, विभिन्न संघ संस्थाहरुको सदस्यबने, मैले समाजिक जिवनमा पनि धेरै नै महत्वपुर्ण  जिम्मेबारीको भुमिका निर्बाहा गरेको छु। म एमाले पर्टिको कार्यकर्ता मात्र नभएर यो समाजको अगुवा यो समाजको परिवर्तनकारि व्याकतिको रुपमा मैले महत्वपुर्ण भुमिका निर्वाहा गरेको छु भनि मलाइ लाग्छ।

  • सुनसरीको सदरमुकाम इनरुवा भएतापनि अरु क्षेत्रको तुलनामा निकै नै पिछडिएको मानिन्छ, तसर्थ यस क्षेत्र विकासका लागि मुख्य चुनौतीहरू के के देख्नु भएको छ त ?

यो सार्है मार्मिक र यथार्त संग जोडिएको प्रश्न तपाइले गर्नुभयो। इनरुवा सुनसरी जिल्लाको सदरमुकाम भएरपनि वास्तवमा यहा विकास गर्न सकिएन, यसका पछाडि २-३ वटा कारणहरु छन्।मात्र यस ठाउमा अड्डा अफिस भएकोले गर्दा जिल्लाका मानिसहरु यस ठाउमा आउछन नत्र भने धरानले आफ्नै क्षेत्र लिएको छ, इटहरीले आफ्नै क्षेत्र लिएको छ, सुनसरीको पुर्बि भागले बिराटनगर संग सम्बन्धित छ, सुनसरीको पस्चिम भाग बिहारसंग व्यापारिक हिसाबले सम्बन्धित छ। इनरुवा सिमित गाविस, व्याक्ति तथा क्षेत्रको सरोकारमा मात्र केद्रित छ। माओवादि आनदोलन तथा मधेष आनदोलनले निकै व्यापारीहरु यहाबाट विस्थापित भए।यहाका सबै मान्छेहरु बाहिर जाने क्रम चलिनै रह्यो। त्यसकारणले इनरुवा नगरपालिकाका पुराना बासिहरु, ठुल्ल-ठुला उधोगपतिहरु सुरक्षित रुपमा बसनसकेन्न। तर अब यि कुराहरु बिस्तारै सिध्रिदै जानेछन।स्थानिय तहको निर्बाचन नभएको कारणले पनि जटिलता थप्यो। तर म यहा हरुलाई विश्वास दिलाउन चाहन्छु इनरुवानगरलाई सुन्दर नगर, जनताले गर्भ गर्ने लायकको नगर हामि बनाउने छौ।अबको ५ वर्ष भित्र यस नगरपालिकालाई उपमाहानगरपालिका बनाउने योजनाका साथ म लाग्ने प्रतिबध्ता जाहेर गर्न चाहन्छु।

  •  जित पश्चात तपाइको पहिलो र प्राथमिकताका काम हरु के के हुनेछन्?

हामिले जनताको बिचमा गएर एउटा घोषणापत्र तयार गरेका छौ। त्यस घोषणापत्रमा शिक्षा को बारेमा स्वास्थ्यको बारेमा, वृधआशरमको बारेमा, चक्रपथको बारेमा र यहाको जनताको हरेक सरोकारको विषयमा, जनताको चहना र भावना लाइ पुरा गर्न सकिएन भने एउटा समृध नगर बन्न सक्दैन भन्ने हामिले सोचेका छौ त्यस अन्तर्गत मलाइ लगेको आन्तरिक टुरिजम भनेको शिक्षा र स्वास्थय पनि हो जस्तो मलाइ लाग्छ।यस नगरपालिका बाट सयौको संख्यामा विध्यार्थिहरु पढ्नकालागि बाहिर जान्छन्। शिक्षा र स्वास्थयको सुविधालाइ यहि बेबस्थापन गर्न सकियो भने यहाको आय आर्जन र रोजगारिको अवस्था सिर्जना गर्न सकिन्छ र त्यो कुरालाइ हामि पहिलो प्राथमिकता दिन्छौ।

 

  • अन्त्यमा इनरुवा वासीहरूलार्इ के भन्न चाहनुहुन्छ ?

म सम्पुर्ण नगरबासिलाइ आग्रह गर्न चाहन्छु नेकपा एमाले यो देशको रक्षा गर्ने एउटा पार्टि हो। जब जब राष्ट्रियता माथि कसैले धाबा बोल्छ तेसको पक्षधर बन्दै एमाले अगाडि बढ्छ।देशका बृधाहरुलाई सम्मान गर्नुपर्छ। युवाहरु, महिलाहरु, दलितहरु सबै समुदायहरुलाइ म आग्रह र अनुरोध गर्न चाहन्छु तपाइहरुको चाहना, भावना माथि हामिले बिजय पश्चात किठाराघात गर्ने होइन, सहयोग गर्ने काममा हामि लाग्नेछौ र तपाइहरुले नेकपा एमालेको सुर्य छापमा मतदान गरेर एमालेलाइ बिजय गराउन म हार्दिक अनुरोध गर्दछु। धन्यबाद

 

 

तपाईको प्रतिक्रिया