इनरुवा ११ असार/ चुनावी मिति नजिकिंदा इनरुवाका दलहरुवीच नतिजा हत्याउने दाउपेच बढेको छ । मेयरकालागि संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका एसएन मेहता पछि हटेका छन् । उम्मेदवारी दर्तागरी चुनावी प्रचारमा पार्टीका तर्फबाट घरदैलोमा हिंडेका एसएनले अन्तिम समयमा आएर लोकतान्त्रिकलाई समर्थन जनाउने भएका हुन् ।

एसएन मेहताले समेत सो कुरा स्विकार गरिसकेका छन् । एसएनले आफु अस्वस्थ रहेको, घरदैलोमा हिंड्न स्वास्थ्यले साथ नदिएको, जनताको माग र आन्दोलनको उपलब्धी रक्षा गर्न आफुले लोकतान्त्रिक फोरमसँग तालमेल गरेको बताए । फोरम नेपालका एसएन र लोकतान्त्रिकका मनोज मेहतावीच तालमेलको विषयले इनरुवाको चुनावी माहौल थप उत्कर्षमा पुगेको अनुमान गर्न थालिएको छ ।

लोकतान्त्रिक पक्षधरले चुनावी कसरत र पछिल्ला केहि महत्वपूर्ण उपलब्धीले पार्टीको जितको आधार तय भएको दावी गर्न थालेका छन् ।
उता फोरम नेपालका एसएनले लोकतान्त्रिकलाई दिएको भनिएको समर्थन व्यक्तिगत र स्वार्थपरक निर्णय भएकाले फोरम नेपालको मत लोकतान्त्रिकमै जाने या अन्यत्र जाने भन्ने मत परिणामले बताउने फोरम नेपाल स्रोत बताउँछ । लोकतान्त्रिकले फोरमले पछिल्लो समय चुनावी प्रचारलाई आक्रामक रुप दिएको छ । इनरुवामा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक फोरमबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया