इनरुवा ११/ फोरम नेपालका तर्फबाट इनरुवाका मेयर पदका उम्मेदवार शिवनारायण मेहता(एसएन)लाई पार्टीले कार्वाही गरेको छ ।
संघिय समाजवादी फोरम नेपाल जिल्ला समिति सुनसरीले एसएनको साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरिएको जनाएको छ ।
फोरम नेपाल सुनसरी अध्यक्ष महेन्द्र यादवद्धारा जारी विज्ञप्तीमा लोकतान्त्रिकका उम्मेद्वारलाई सघाउने एसएनको निर्णय समग्र पार्टीको हित विपरित भएको उल्लेख छ ।

विज्ञप्तीमा एसएसनले आफुले लोकतान्त्रिकलाई समर्थन गर्ने भनि जारी गरेको विज्ञप्ती प्रति ध्यानाकर्षण भएको र पार्टी हित विपरित गतिविधीमा संलग्न रहेकाले कार्वाही गरिएको उल्लेख छ । महेन्द्र यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा एसएन व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा लागेकोे उल्लेख छ । एसएनको निर्णय व्यक्तिगत रहेको र पार्टीले कार्वाही समेत गरेकाले मतदातालाई त्यसको पछि नलाग्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया