काठमाडौं । राप्रपका शीर्ष नेता पशुपतिशमशेर राणाले दोस्रो चरण निर्वाचन सम्पन्न भएलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘असार १४ गतेको निर्वाचनपछि राप्रपा सरकारमा सहभागी हुन्छ । यसबारे गृहकार्य भइरहेको छ । हामीले समर्थन गरेको सरकारमा सहभागी नहुने भन्ने कुरै हुँदैन । तर कतिवटा मन्त्रालय लिने भन्ने निर्णय भइसकेको छैन । तीनदेखि चारवटा मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो दाबी हो ।’आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

तपाईको प्रतिक्रिया