१३ असार, मोरङ । मोरङका दुई दर्जन केन्द्रीय नेताहरुले मोरङका विभिन्न ठाउबाट मतदान गर्ने भएका छन । काग्रेका प्रभावशाली नेता डा. शेखरकोईराला, काग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला , महेश आचार्य,डा. मिनेन्द्र रिजाल,डा. डिला संगा्रला, सासंद एव्म पुर्वमन्त्री दिलीप गच्छदार , सांसद अमृत अर्याल , एमाले पोलीव्युरो सदस्य एव्म पूर्वमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका पुर्व सचिव एव्म पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संघिय समाजवादी फोमका अध्यक्ष्य उपेन्द्र यादव , माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एव्म पुर्वमन्त्री गोपी आछामी , पोलीटव्युरो सदस्य हेमकार्की, कुशल लिम्बु ,शिबकुमार मण्डल, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, एमाले केन्द्रीय सदस्य जिवन घिमिरे,डा. शिब मायाँ तुमहाम्फे, एमाले केन्द्रीय सदस्य गुरुबराल, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार टंक गिरी लगायतले मोरङका विभिन्न ठाँउबाट मतदान गर्ने छन ।

सुजाता कोइरालाले आदर्श स्कुलको मतदान केन्द्र र डा मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । काग्रेस केन्द्रीयसदस्य एव्म पुर्वमन्त्री महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मतखसाल्नु हुने छ । माओवादी केन्द्रका पुर्वसचिव एवम् पुर्व शिक्षमन्त्री गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रबाट मत हाल्नु हुनेछ , माओवादी पोलिव्युरो सदस्य शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्नु हुने सो पार्टीले जनाएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नु हुनेछ । त्यस्तै अन्य नेतामा डा. डिला संग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी अञ्चलल इन्चार्ज जीवन घिमिरे तीनटोलीया मतदान केन्द्र , गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नेनुहुनेछ । डा.शिवमाया तुंबाहाम्फेले उर्लावारी नगरपालिकाबाट मतदान गर्नुहुनेछ ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय नेताले पनि मोरङका विभिन्न स्थानमा मतदान गर्नेछन् । केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय आयोजक तथा सल्लाहकार टंक गिरीले विराटननगर १३ को नरायण प्रावी मतदान केन्द्र , कुशल लिम्बुले मिक्लाजुङ मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले टंकीको नरग्राम मावीबाट मतदान गर्ने छन । त्यसैगरी साँसद एव्म पुर्वमन्त्री दिलीप गच्छदारले रमाईलोको जनसेवा मावी मतदानकेन्द्रबाट मतदान गर्ने छन ।

तपाईको प्रतिक्रिया