अमर काफ्ले इनरुवा सुनसरी /सुनसरीमा ४५ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म खसेको मतको आधारमा जिल्लामा ४५ प्रतिशतको हाराहारीमा मत खसेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका सबै मतदान केन्द्रहरुमा निर्वाध रुपमा मतदान जारी छ । मतदाताहरुको उल्लेख्य उपस्थिती देखिएको छ ।

मौसममा फेरबदल सँगै बेला बखत लाग्ने टनटनापुर घामको समेत प्रवाह नगरी मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन् ।जिल्लाका सबै १२ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया