१४ असार, दिलिप साह राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ स्थित गैरसरकारी संस्था एसिएफमा कार्यरत एक कर्मचारीको करेन्ट लगेर ज्यान गएको छ । एसिएफमा कार्यरत ४० बर्षिय मानबहादुर शाहीलाई कम्प्युटरबाट प्रिन्ट निकाल्ने क्रममा बेलुका ८ बजेतिर अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका शाहीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया