पाँच दिने भित्ते पत्रकारिता तालिममा लिइदै बालबालिका ।

१४ असार, दिलिप साह राजविराज ।  जिल्लाको हनुमाननगर कंकालीनीमाई नगरपालिकाको हनुमाननगरमा पाँच दिने भित्ते पत्रकारिता तालिम शुभरु भएको छ । बालबालिकाको लेखन सीप, सिर्जनशील तथा सोच्ने र बिश्लेषण गर्ने क्षमताको विकाससँगै समुदायमा सूचना पहँुच बढाउन, समुदायभित्रका सूचना समुदायमा र बाहिर पनि सञ्चार गर्न र विकासका सन्देशरु फिंजाउन सघाउने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।

बालबालिकालाई पत्रकारिताप्रति अभिप्रेरित गराउन हनुमाननगर कंकालीनी नगरपालिकाको सहयोग तथा हातेमालो ग्रामिण विकास केन्द्र राजविराजको आयोजनामा सो तालिम मंलगबारदेखि सुरु भएको हो । तालिममा भित्तेपत्रिकाको आवश्यकता, उपयोगिता, उल्लेख गर्नुपर्ने जानकारी, सामाचार लेखन सीप, समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु, चाहिने सामग्री, सीप, प्रविधि, भाषा, पत्रकारिताको आधारभूत सिद्धान्त र प्रचलित मान्यता, समाचारका किसिम, अचारसंहिता लगायतको विषयमा प्रशिक्षण दिने गरेको प्रशिक्षक नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । सो भित्ते पत्रिकारिता तालिममा माध्यमिक विद्यालय स्तरका २० जना बालबालिकाको सहभागी रहेको संस्थाका अजय भगतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया